२८ चैत्र , काठमाडौँ । अब नेपाल टेलिकम र एनसेलका ग्राहकको मोबाइलमा जथाभाबी किसिमका रिङ्गब्याक टोन नबज्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनावश्यक रिङब्याक टोन र सन्देशहरू नियन्त्रण हुने गरी नयाँ सूचना जारी गरेको हो ।
यसअघि सञ्चार मन्त्रालयमार्फत सिफारिस गरी जुनसुकै निकाय तथा सङ्घसंस्थाले निःशुल्क आफू अनुकूल रिङब्याक टोन बजाउने परिपाटी देखिएको थियो । तर मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै राष्ट्रिय महत्त्व बाहेकका सन्दर्भका रिङ ब्याक टोनमा कडाइ गर्ने सङ्केत दिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार

