२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

नेपाल प्रहरी भन्छ– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

काठमाडौं । तीनकुने हिंसात्मक प्रदर्शनपछि फरार रहेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको चर्चा चले पनि प्रहरीले भने त्यसको खण्डन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्रसाईं पक्राउ नपरेको बताएका छन् ।

उनले बिहीबार अबेर हामीसँग भने, ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन् । खै कसले हल्ला चलायो । पक्राउ परेपछि औपचारिक रूपमै जानकारी दिन्छौँ ।’

प्रसाईंले भारतको असाम प्रहरीमा गएर आत्मसर्मपण गरेको उनको सचिवालयले जनाएको छ । १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । त्यसक्रममा प्रदर्शनकारीले गरेको आगजनीमा परी एक पत्रकारको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो ।

घटनापछि उक्त प्रदर्शनका नाइके प्रसाईं फरार भएका थिए । उनले फरार रहेकै बेला भिडियो सन्देश जारी गर्दै ज्यानको सुरक्षा रहने ग्यारेन्टी भए चौबिस घण्टाभित्र सार्वजनिक हुने बताएका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस