२९ चैत्र, काठमाडौँ । शनिबारदेखि मौसममा सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् । बुधबार साँझदेखि देशका अधिकांश स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा गराइरहेको प्रणाली शनिबारदेखि भने केही कमजोर हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
वर्षा भएसँगै काठमाडौं उपत्यकासहित प्रमुख शहरमा देखिएको तुवाँलोसमेत हटेको छ । मंगलबारसम्म एक साता विश्वकै प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं बिहीबार नवौँ स्थानमामा झरेको थियो। प्रदूषणको मात्रा पनि आधाले घटेर एक्युआई ११६ कायम भएको छ । यद्यपि, वर्षा गराउने प्रणाली शनिबारसम्म कायमै रहने भएकाले आकाशमा बादल लागेको मौसमविद्ले बताएका छन् ।
प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार

