२९ चैत्र, काठमाण्डौँ । दैलेखको ठाँटीकाँध गाउँपालिकामा सुतेकै ठाउँबाट एउटा शिशु गायब भएका छन् । ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता पारिएको हो । गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई बेपत्ता पारिएको प्रहरीले जनाएको छ ।
बमबहादुरका दाजु दीपक बुढाका अनुसार सबै सुतिरहेका बेला घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । खरमा आगो लागेको थाहा पाएपछि घरका सबै जना आगो निभाउन गएका थिए । तर, आगो निभाएर फर्किँदा घरमा बच्चा थिएन । बच्चा चोर्न कुनै समूहले खरमा आगो लगाएको हुनसक्ने उनले आशंका गरे । बेपत्ता पारिएको शिशुसँगै अर्को छोरा पनि साथमा सुतेका थिए । तर, आउँदा ठुलो बच्चा सुतिरहेकै भए पनि सानो बच्चा नभएको उनले बताए ।
प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार

