२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

वर्षाले ह्वात्तै घटायो काठमाडौँको प्रदूषण, अहिले कति औँ स्थानमा छ ?

२९ चैत्र , काठमाडौँ । वर्षा भएपछि काठमाडौंको वायु प्रदूषण संलिएको छ । मंगलबारसम्म विश्वकै पहिलो नम्बर प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं उपत्यका दुई दिन यताको वर्षाका कारणा संलिएको हो ।

वर्षाका कारण काठमाडौंको वायु प्रदूषण कम भएको छ । बुधबार काठमाडौंमा छिटपुट वर्षा भए पनि बिहीबार राम्रै वर्षा भएको थियो । यसले गर्दा प्रदूषण घटेर हाल १८औं स्थानमा झरेको विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’ले जनाएको छ । शुक्रबार बिहान साढे ५ बजेको मापन अनुसार काठमाडौंको समग्र एक्यूआई ९९ छ। हिजो बिहान यही सयममा एक्यूआई १५२ रहेको एयर क्वालिटी इन्डेक्सले जनाएको छ ।

हाल वायु प्रदूषणको दृष्टिले कुबेत पहिलो र इराकको बग्दाज दोस्रो स्थानमा छन् । चीनको बेइजिङ तेस्रो स्थानमा छ । कुबेतको एक्यूआई यतिबेला ३९९७, बग्दादको ९४८ र बेइजिङको १६० छ। केही दिनअघि काठमाडौंको एक्यूआई पनि ३५२ सम्म पुगेको थियो । विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च रहेकोमा वर्षा भएसँगै सुधार देखिएको हो ।

 

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस