काठमाडौं । भारतमा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज झापा हुँदै काठमाडौं ल्याउने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।
तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि फरार भएका प्रसाईं भारत पसेको सूचनाका आधारमा नेपाल प्रहरीले खोजी गरेको थियो । उनले आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरिएको छ ।
प्रहरीले उनलाई संगठित अपराध, राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योगलगायत अभियोगमा अनुसन्धान गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार

