२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

भोली शनिबार देशका यी स्थानमा हुने छ वर्षा, सतर्क रहन मौसम बिभागको सर्कुलर !

२९ चैत्र , काठमाडौँ । शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।
शनिबार राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस