२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

कुलमानभन्दा उर्जामन्त्री खड्का सक्रिय : अब विद्युतीय दुर्घटनाबाट मुत्यु भए १० लाख रुपैयाँ दिइने

३० चैत्र , काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको ज्यान गएमा लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

हिजो बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । हाल विद्युतीय दुर्घटनामा परी ज्यान गुमाएका कर्मचारीको हकमा बढीमा पाँच लाख रुपैयाँ राहत र परिवारलाई तीन तहसम्मको रोजगारी दिने व्यवस्था थियो । त्यस्तै सर्वसाधारणको हकमा बढीमा पाँच लाख रुपैयाँसम्म राहत दिने व्यवस्था गरेको थियो ।

बैठकमा उर्जामन्त्री दीपक खड्काले विद्युतीय दुर्घटनामा परेकाहरूलाई दिनुपर्ने राहत कुनै पनि बहानामा नरोक्न र तत्काल उपलब्ध गराउनसमेत निर्देशन दिए । बैठकले विद्युत् वितरण विनियमावली २०७८ लाई संशोधन गरी उपभोक्ताको असन्तुष्टिसम्बन्धी पुनरावेदन प्रक्रियामा उल्लेखनीय सुधार गर्ने निर्णय गरेको छ । कुनै उपभोक्तालाई आफूले प्रयोग गरेको विद्युत् महसुलमा चित्त नबुझे पुनरावेदन दर्ता गर्दा लाग्ने धरौटी रकम २५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतमात्र कायम गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस