३१ चैत्र , काठमाडौँ । २८ दिन पछि नागढुंगा सुरुङमार्ग निर्माण थालिएको छ । स्थानीयहरूको अवरोध नहटेपछि प्रहरी परिचालन गरी निर्माण थालिएको आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले स्थानीयहरू सहमतिमा आउन नमानेपछि प्रहरी परिचालन गरी निर्माण थालिएको बताए ।
गत चैत ३ गते चन्द्रागिरि नगरपालिका २ का स्थानीयहरूले निर्माणमा अवरोध गरेका थिए । चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राख्दै स्थानीयले काममा अवरोध गर्ने गरेका थिए । अहिले अबस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार

