२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा सेयर कारोबार नहुने

३१ चैत्र , काठमाडौँ । भोलिबाट विक्रम संवत २०८२ सुरु हुँदैछ ।
नयाँ वर्षमा देशभर र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक अर्कालाई शुभकामना आदान–प्रदान गरेर मनाउने गर्छन् । विक्रम संवत अङ्ग्रेजी संवत् अर्थात् इस्वी संवतभन्दा ५६।७ वर्ष अगाडि चलाइएको संवत हो ।

ऐतिहासिक रूपमा राजा विक्रमादित्यले प्रारम्भ गरेको यस संवतलाई विक्रम संवत भनिन्छ । नेपालमा यस संवतलाई मौलिक राष्ट्रिय पात्रोका रूपमा मल्लकालदेखि नै प्रयोग गरिँदै आएको छ । सरकारले नयाँ वर्षको दिनलाई सार्वजनिक बिदाका रूपमा घोषणा गरेकोले भोलि देशभर सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र शेयर बजारसमेत बन्द छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस