२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

रवि लामिछानेको मुद्दा ढुंगानाको इजलासमा, के अब रबि चिसो खोरबाट निस्कने आदेश आउला ?

३१ चैत्र, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेशको बिरूद्द सर्वोच्च गएका लामिछानेको मुद्दा न्यायधीश ढुंगानाको इजालासमा परेको हो ।

गत शुक्रबार लामिछानेले उच्च अदालत, बुटवलको उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए । आज उक्त निवेदन न्यायाधीश ढुंगानाको इजलासमा परेको हो । लामिछाने हाल कारागार कार्यालय, भैरहवाको थुनामा छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस