२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

ललितपुरमा १५ वर्षीय दाजुले गरे ११ वर्षीया बहिनीको हत्या? प्रहरीसमक्ष दिए यस्तो बयान

www.janaboli.com;

काठमाडौं । ललितपुरको खपिन्छेँ टोलमा ११ वर्षीया बहिनी दुर्गा बोहराको हत्या गरेको आरोपमा प्रहरीले उनका १५ वर्षीय दाजुलाई पक्राउ गरेको छ।

गत चैत २९ गते बाबुराजा अवालेको घरको भुइँतलामा रहेको प्रयोगविहीन पानी ट्याङ्कीमा दुर्गाको शव सडेगलेको अवस्थामा फेला परेको थियो। अनुसन्धानका क्रममा दुर्गाका दाजुले नै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार, पक्राउ परेका किशोरले लागू औषधको ट्याबलेट सेवन गरेका कारण नशाको अवस्थामा रहँदा हत्या भएको बताएका छन्।

दाजुलाई मंगलबजारबाट पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ। प्रहरीले विभिन्न विधि र प्रविधिको प्रयोग गरी अनुसन्धान गर्दा दाजुकै संलग्नता पुष्टि भएको जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस