२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

भाटभेटेनी लुटपाट प्रकरणमा रिहा भएका ८ जना को हुन् ? [नामवलीसहित]

काठमाडौं । कोटेश्वरको भाटभेटेनी सुपरस्टोरबाट चैत १५ गते फलफूल चोरी गरेको आरोपमा पक्राउ परेका ८ जना हाजिर जमानीमा रिहा भएका छन्। तीनकुनेमा पूर्वराजा समर्थकहरूको प्रदर्शनको भीडमा मौका छोपी स्याउ र सुन्तला चोरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार सीसीटीभी फुटेजको आधारमा पक्राउ परेका उनीहरूले स्टोर बाहिरको स्टलबाट फलफूल चोरेका थिए। रिहा हुनेमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सुस्मिता बराल रहेका छन्।

उक्त प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिको आरोपमा दुर्गा प्रसाईंसहित ७४ जना अझै प्रहरी हिरासतमा रहेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस