२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

वीरगञ्जमा तनाव: धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ

काठमाडौं । धार्मिक सद्भाव भड्काएको आरोपमा पर्साको वीरगञ्जबाट चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरू छतबाट ढुंगा हानेको र मोटरसाइकलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका हुन् । शोभायात्राका क्रममा दुई धार्मिक समुदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्जसमेत गरेको थियो भने प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । पक्राउ गरिएकाहरुलाई धार्मिक सद्भाव भड्काएको आरोप लगाइएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस