२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

रुटिन अफ नेपाल बन्दसँग ७ दिनभित्र लिखित जवाफ माग, आयोगले जारी गर्‍यो आदेश

काठमाडौं । सामाजिक सञ्जाल पेज ‘रुटिन अफ नेपाल बन्द’लाई लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ ।

कानुनका विद्यार्थी विवेक चौधरीले २०८१ फागुन १४ गते उक्त पेजसँग सूचना माग गरेका थिए । तर पेज सञ्चालकले सूचना नदिएपछि उनले कार्यालय प्रमुखसमक्ष समेत उजुरी दिएका थिए ।

सूचना नपाएको भन्दै चौधरीले आयोगमा पुनरावेदन दर्ता गर्दै सम्बन्धित सूचना अधिकारी र कार्यालय प्रमुखलाई कारबाहीको माग गरेका थिए ।

पुनरावेदनपछि आयोगले रुटिन अफ नेपाल बन्दलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । यदि सूचना नदिनुपर्ने कुनै वैधानिक कारण भए त्यसको आधार र प्रमाणसमेत पेश गर्न भनिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस