काठमाडौं । गोकर्णेश्वर नगरपालिका–९ बाट नियन्त्रित लागूऔषधसहित सिन्धुपाल्चोकका एक युवक रंगेहात पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हेलम्बु गाउँपालिका–७ घर भई गोकर्णेश्वरमा बसोबास गर्दै आएका २७ वर्षीय छिरिङ लामा छन्। मंगलबार राति गोकर्णस्थित प्रहरी प्रभागबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार लामासँगबाट नोर्फिन ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल बरामद गरिएको छ।
हाल घटनासम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार

