काठमाडौं । मोरङ र सुर्खेतमा जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ परेका छन्।
मोरङको उर्लावारी नगरपालिका–८ राजघाटका ३७ वर्षीय मनोज धामीले २० वर्षीया महिलामाथि गत चैत २८ गते राति जबरजस्ती करणी गरेको उजुरीपछि मंगलबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीका ५१ वर्षीय जयकृष्ण न्यौपानेलाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार

