२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

रवि कारागारमा रहेका बेला रास्वपाकी सहमहामन्त्रीबाट सुमना श्रेष्ठले आजै राजीनामा दिने

काठमाडौं । रास्वपाकी सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिने तयारी गरेकी छन्। उनले बिहीबार बस्ने पार्टी बैठकअघि सचिवालयलाई जानकारी गराउनेछिन्।

श्रेष्ठले यसअघि पनि १७ चैतमा राजीनामा प्रस्ताव गरेकी थिइन् । सोही दिन रवि लामिछाने पार्टी सभापतिमा पुनः फर्केका थिए। लामिछानेको आग्रहमा त्यो बेला उनले निर्णय स्थगित गरेकी थिइन्। अहिले रवि लामिछाने सहकारी प्रकरणमा कारागारमा रहँदा श्रेष्ठले पुनः राजीनामा घोषणा गर्न लागेकी हुन्। विस्तृत धारणा भने उनले पार्टीभित्रै राख्ने जनाएकी छन्।

 

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस