२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

१ वर्षदेखि फरार अभियुक्त पक्राउ, कारागार चलान

काठमाडौं । झापाको हल्दिबारी गाउँपालिका–१ बसोबास गर्ने ६१ वर्षीय नर बहादुर विकलाई ठगी मुद्दामा फरार रहेको अवस्थामा प्रहरीले मंगलबार बेलुकी पक्राउ गरेको छ।

जिल्ला अदालत झापाको २०५७ साल भदौ ४ गतेको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालत इलामले २०५८ माघ २२ गते विकलाई १ वर्ष कैद र ५३ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसाको जरिवाना गर्ने फैसला सुनाएको थियो। सोही फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका विकलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापामा पेश गरिएको थियो। अदालतको आदेशअनुसार उनलाई कैद भुक्तान गर्न झापा कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस