२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

झण्डै ८ तोला सुन जस्तो धातुसहित पक्राउ परेका अर्याल को हुन्?

काठमाडौं । स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट सुन जस्तो देखिने धातु ७ तोला ९ सय ६९ लाल सहित वालिङ नगरपालिका-६ बस्ने ३६ वर्षीय प्रदिप अर्याललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभी भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस