२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

डोटीमा सिकार खेल्ने क्रममा बन्दुक पड्किएर एक जनाको मृत्यु

www.janaboli.com;

५ बैशाख, धनगढी । डोटीमा सिकार खेल्न जाँदा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बडीकेदार गाउँपालिका २ बर्छैन बस्ने तपन सार्किको छोरा अन्दाजी २४ वर्षीय नरेश सार्की रहेको प्रहरी चौकी खड्यौलीका प्रमुख विरादत्त पन्तले जानकारी दिए ।

बिहीबार दिउँसो बडीकेदार गाउँपालिका १ बेडुपाटा खोलाको किनारमा शिकार खेल्न जाँदा बडीकेदार गाउँपालिका १ रजेडका ४८ बर्षिय कमल सिँह खड्काकाले बोकेको भरुवा बन्दुक पड्किदा नरेश सार्किको दायाँ छातिमा गोली लागि घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस