५ बैशाख, काठमाडौँ । नेपाली बजारमा खाने तेलको मूल्य घटेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार खाने तेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको हो ।
घटेको मूल्यमा नेपाली बजारमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच हुने भएको छ । अब भेटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपयाँमा किनेबेच हुने भएको हो ।
१५ चैतमा भटमास र सनफ्लावर तेल २ सय ५५ रुपैयाँमा किनबेच भइरहेको थियो। भेटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो । संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार

