२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

‘केपि ओलीकै टिम बनाए हुन्छ, चित्त नबुझ्ने काँग्रेसहरु बाहिरिन्छौँ’ : महामन्त्री शर्मा

५ बैशाख, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका कारण सरकारमा काम गर्न अप्ठेरो भएको भए खुलेर भन्न आग्रह गरेका छन् । कांग्रेस सत्तापक्षकै बेञ्चमा बसेर पनि सरकारका कमी कमजोरीप्रति प्रश्न गर्ने ठाउँमा हुनुपर्ने महामन्त्री शर्माले बताएका छन् । आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको उनले बताएका छन् ।

‘कांग्रेस बाहिरिँदा विपक्षीको बेञ्चमा होइन, सत्ता पक्षको बेञ्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने,’ महामन्त्री शर्माले भने, ‘भोलि कांग्रेसको प्रधानमन्त्री बन्ने बेलामा कांग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमी कमजोरीप्रति प्रश्न गर्छ ।’ महामन्त्री शर्माले एमालेको प्रधानमन्त्री हुँदा पूर्ण रुपमा एमालेकै र कांग्रेसको प्रधानमन्त्री हुँदा पूर्ण रुपमा कांग्रेसकै टिम हुने गरी सोच्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस