२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

रास्वपाको महाधिवेशन झण्डै एक बर्ष पर सर्‍यो, के अब रास्वपा पत्तासापको बाटोमा छ ?

५ बैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को यही बैशाखका लागि तय गरिएको महाधिवेशन आगामी फागुनका लागि सरेको छ ।
रास्वपा केन्द्रीय समितिको वैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाखमा महाधिवेशन गर्ने घोषणा गरिएकोमा पार्टी सभापति रवि लामिछाने नै कारागार चलान भएपछि महाधिवेशनको मिति सारिएको हो ।
आगामी असोजसम्ममा वडा अधिवेशन, कार्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय पनि रास्वपाले गरेको छ । रास्वपा वैठकले प्रदेश इन्चार्जहरु भने तोकेको छ । पछिल्लो समय रास्वपामा सक्रियता खस्किएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस