५ बैशाख, हेटौंडा । मकवानपुरगढी गाउँपालिकास्थित कान्ति लोकपथ खण्डमा इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका–५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको उनले जानकारी दिएका छन् । मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार

