२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

दमकल हेर्ने रहरले आफ्नै घरमा आगो लगाएपछि…

५ बैशाख, काठमाडौँ । इङ्गल्याण्डको न्युक्यासल क्राउन कोर्टमा एउटा अनौठो मुद्दाको सुनुवाइ भयो । अदालतमा एक २६ वर्षीय पुरुषलाई आफ्नै घरमा आगो लगाएको आरोपमा प्रस्तुत गरियो । ती व्यक्तिले दमकल हेर्नको लागि आफ्नो घरमा आगो लगाएको स्वीकार गरे ।

जेम्स ब्राउन नाम गरेका एक युवकले दमकल हेर्नको लागि जानाजानी दुई पटक आफ्नो घरमा आगो लगाएका थिए । उनले आफू सधैं अग्नि नियन्त्रण सेवाको हिस्सा बन्न चाहेको बताए । जेम्स ब्राउनले आफ्नो फ्यूज बक्समा आगलागी भएको रिपोर्ट गरेपछि एकै रातमा दुई पटक उनको घरमा अग्निनियन्त्रकहरू पठाइएको थियो ।

न्युक्यासल क्राउन कोर्टमा ती युवकले एक वर्षमा ८० पटक दमकललाई फोन गरेको बताए । हरेक पटक उनको फोन बेवास्ता गरिन्थ्यो । त्यसपछि उनले आफैंले आफ्नो घरमा आगो लगाए। किनभने उसलाई आगो निभाउनु भन्दा दमकल हेर्नु र उनीहरूसँगै रहनु मन पर्थ्यो र यो उनको नशा बन्यो ।

क्रोनिकलको रिपोर्ट अनुसार ९ सेप्टेम्बर २०२३ मा राति ८।१५ बजे ब्राउनले नर्थम्बरल्याण्डको एशिंगटनको एलेभेन्थ एभिन्यूमा रहेको आफ्नो घरमा आगलागी भएको रिपोर्ट गर्न दमकल विभागलाई फोन गरे। उनले बिजुलीको मिटरबाट झिल्का निस्किरहेको र दराजमा राखिएको बिस्तरामा आगो लागेको बताए।

दमकल घटनास्थलमा पुग्यो र सानो आगो निभायो, बिजुली आपूर्ति बन्द गर्यो र त्यहाँबाट गयो। लगभग ९० मिनेट पछि ब्राउनले अर्को त्यस्तै फोन गरे र उही स्थानमा अर्को आगलागी भएको रिपोर्ट गरे।

 

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस