२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सामाजिक सुरक्षा भत्ता लिन बायोम्याट्रीक अनिवार्य, वृद्धहरुलाई स्टेचरमा बोकेर लगिँदै

६ बैशाख , काठमाण्डौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य ग¥यो । गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । सरकारको यो निर्णय सँगै धेरै जसोले राष्ट्रिय परिचयपत्र त खिचे तर सामाजिक सुरक्षा भत्ताका लागि बायोम्याट्रीक अनिवार्य गरेसँगै ८० वर्ष भन्दा माथिका वृद्धहरूले निकै दुख बेहोर्न परेको छ । बायोम्याट्रीक गर्न वडा कार्यालय जानुपर्ने र त्यहाँ गएर बायो बायोम्याट्रीक गर्दा राष्ट्रिय परिचयपत्र सँग मिलेन भने जिल्ला सम्म पुग्नुपर्ने भएपछि बुढेसकालमा सरकारले दिएको भत्ता निल्नु न ओकल्नु बनेको छ । सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिले हरेक वर्षको साउनदेखि भदौ मसान्तसम्म पायक पर्ने जुनसुकै स्थानीय तहमा कार्ड नवीकरण गर्न सक्ने कानुनी व्यवस्था छ ।

देउमाई नगरपालिका ९ जितपुरकी ८६ वर्षीय खडिमाया न्यौपानेलाई बायोम्याट्रीकका लागी छोराहरुले स्टेचरमा बोकेर वडा कार्यालय सम्म लगे । उनका संरक्षक नाति दिवाकर न्यौपानेले वृद्ध आमालाई स्टेचरमा लैजानु पर्दा समस्या भएको भन्दै हिँड्न नसक्नेहरूका लागि स्थानीय सरकारले कर्मचारी खटाएर घर घरबाटै बायोम्याट्रीक गराउने व्यवस्था भए धेरै सजिलो हुने बताए । पाको शरीर गाडीमा लैजान पनि असहज हुने भएको र स्टेचरमा बोकेर लैजानु परेको भन्दै स्थानीय सरकारले गम्भीर नबन्दा यो समस्या आएको उनको भनाई छ ।

खडीमाया त एक प्रतिनिधि पात्र मात्रै हुन । देउमाई नगरपालिकाका सबै वडाका वृद्धहरूले बायोम्याट्रीक गर्न सास्ती व्यहोरी रहेका छन् । इलामका वेद प्रसाद थापा भन्छन् सरकारले अशक्त र बुढापाकाहरूलाई बायोम्याट्रीक गर्ने वातावरण मिलाउनुपर्छ ।

विभागले विभागले सूचना जारी गर्दै बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने जानकारी गराए पनि अहिले बायोमेट्रिक नगरी भत्ता नआउने भनेपछि वृद्धहरूले समस्या भोगिरहेका हुन ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस