६ बैशाख , काठमाडौँ । नेकपा (एमाले)का प्रभावशाली नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको आफ्नो क्षेत्रमा अहिलेसम्म एक रुपैयाँ पनि बजेट लैजान नसकेको आरोप लगाएका छन् ।
प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले चितवनको विकासमा आफूहरुले भरतपुर महानगरकी मेयर रेनु दाहाललाई पनि पूरा साथ दिएको बताए । उनले आफूहरु भरतपुरको विकासमा मेयर रेनुसँग मिलेर काम गर्न तयार रहेको बताए ।
प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार

