२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

योगेश भट्टराईलाई शौचालयमा किन थुनियो ? यस्तो रहेछ बाध्यता !

६ बैशाख, काठमाण्डौँ । काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई सुरक्षाका लागि प्रहरीले शौचालयमा थुनेको भनेर यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । कञ्चनजंघा हिरक महोत्सव उद्घाटनका लागि शुक्रबार गृहजिल्ला ताप्लेजुङ पुगेका उनलाई ‘नो केबलकार’ समूहले नाराबाजी गरेपछि उनी शौचालयभित्र पसे ।

स्थानीयका अनुसार आन्दोलनकारीबाट असुरक्षा देखिएपछि प्रहरीले योगेश पसेको शौचालयको ढोकामा चुकुल लगाइदिएको हो । यस विषयमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता, प्रहरी निरीक्षक विवेक बस्नेतले भने सामाजिक सञ्जालमा भाइरल भएजस्तो घटना नभएको दाबी गरे । ‘त्यसो केही पनि होइन, माननीयज्यूलाई पिसाब लागेर आफैँ शौचालय जानुभयो’, प्रहरी निरीक्षक बस्नेतले भने, ‘पछि सुरक्षित रूपमा काठमाडौँ प्रस्थान गर्नुभयो ।’
महोत्सव उद्घाटनका लागि प्रतिनिधि सभा सदस्य भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डेसँग शुक्रबार हेलिकोप्टर चढेर ताप्लेजुङको लेलेप पुगेका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस