२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

शौचालयभित्र थुनिएको बिषयमा योगेशको प्रतिक्रिया-‘जसले जति जानेको छ गर्ने त्यत्ति हो’

६ बैशाख, काठमाण्डौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विरोध र समर्थन सभ्यताको सीमाभित्र हुनुपर्ने प्रतिक्रिया दिएका छन् । शुक्रवार गृह जिल्लामा आफू विरुद्ध ‘नो केबलकार समूह’ले गरेको नाराबाजीपछि सामाजिक सञ्जालमार्फत भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘जसले जति जानेको छ र गर्न लगाइएको त्यति नै गर्ने हो,’ भट्टराईले लेखेका छन्, ‘मेरो आग्रह–विवेकले काम गरौँ, प्रायोजकको हतियार नबनौँ, सामाजिक एकता र सद्भाव कायम राखौँ।’

आफू विरुद्ध दुई–चार जनाले लगाएको नारा नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोगको रूपमा आफूले लिएको भट्टराईले टिप्पणी गरेका छन्। यसमा आफूलाई कुनै दुःख नलागेको उनको प्रतिक्रिया छ। ‘तर, विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनुपर्छ’, उनले लेखेका छन्।

शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको लेलेपमा आयोजित कञ्चनजङ्घा हीरक महोत्सवको उद्घाटनका क्रममा पर्यटन मन्त्री बद्री पाण्डेसँग पुगेर कार्यक्रम सकी फर्किन क्रममा रहेका भट्टराईविरुद्ध ‘नो केबलकार’ र ‘पहिचानवादी समूह’का कार्यकर्ताले नाराबाजी गरेका थिए ।

 

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस