६ बैशाख, काठमाण्डौँ । बुटवल–११ बुद्धनगरमा बस्ने टिका विष्ट क्षेत्री माथि गोली प्रहार भयो । भारतीय नागरिक आलम अन्सारीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि गोली हानिएको तथ्थ्य खुल्न आएको छ । उनको ठेगाना केही खुलेको छैन ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले युवती माथि गोली प्रहार भई घाइते भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए । उनका अनुसार युवती क्षेत्री माथि कम्मरमाथि गोली लागेको छ। पाल्पाको रैनादेवि छहरा घर भएकी क्षेत्री बुद्धनगरमा बस्दै आएकी थिइन ।
स्थानीय र त्यो होटेलको घरभेटीका अनुसार गोली प्रहार गर्ने ती युवक यसभन्दा पहिले पनि त्यहाँ आइरहने र ती युवतीलाई मन पराउने गरेका थिए तर उनले अस्वीकार गरेको बताउँदै आएकी थिइन् । केही दिनअघि दुवै जनाबिच भनाभन पनि भएर पछि शान्त भएको थियो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुद्धनगरमा होटेल सञ्चालन आएकी विष्टको कम्मरमाथि गोली लागेको हो। अहिलेसम्म छिमेकी र प्रहरीको भनाइलाई आधार मान्दा र प्रहरीसमक्ष घाइते टिकाले भनेको व्यक्ति एउटै भएको अनुमान गर्न सकिन्छ ।

