२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

दोहोरो आन्दोलनले राजधानीको प्रमुख सडक ठप्प, भित्री सडक अस्तव्यस्त

७ बैशाख , काठमाडौँ । यतिबेला काठमाडौको बानेश्वर(माइतीघर क्षेत्रको सडक बन्द भएपछि भित्री सडकहरु अस्तव्यस्त भएका छन् । विहान ९ बजेदेखि शिक्षकहरुको आन्दोलनले बानेश्वर माइतीघरको सडक अस्तव्यस्त भएको भएको हो ।

शिक्षकहरुको आन्दोलन अहिले १२ बजेसम्म हुनेछ। १२ बजेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौको बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजेबाट भेला भई बिजुली बजारमा प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।

राप्रपाको आन्दोलन शुरु भएपछि शिक्षकहरुले मैदान खाली गर्ने भएका छन् । आज दिनभर नै सडक जाम हुनेछ । सवारी साधान लिएर हिड्ने सर्वसाधारणलाई ट्राफिक प्रहरी कार्यालयले भित्री बाटो प्रयोग गर्न भनिसकेको छ । शिक्षकहरु आन्दोलन १२ बजे नै सकिएपनि राप्रपा समर्थित प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले काठमाडौको सुरक्षा व्यवस्था कडा पारेको छ। जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना अनुसार काठमाडौको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस