२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

रबि लामिछाने र रेनु दाहालको आगामी चुनावमा कडा टक्कर पर्छ ? उनी भन्छिन्-‘चितवनबाटै चुनाव जसरी पनि जित्छु’

७ बैशाख, काठमाडौँ । भरतपुर महानरपालिका प्रमुख रेनु दाहालले समानुपातिक अथवा मनोनित भएर सांसद नबन्ने उद्घोष गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रत्यक्ष चुनाव लडेरै सांसद बन्ने बताएकी हुन् । उनले आफू चितवनबाटै चुनाव लड्ने, तर क्षेत्र नं २ र ३ मा कुन रोज्ने भन्ने टुङ्गो लागिनसकेको बताईन् । मेयर दाहालले आफूले घरमै बसीबसी चुनाव जित्नेगरी जनताको पक्षमा काम गरेको दाबी गरिन् ।

साथै, फरक प्रसंगमा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीमा आफ्नो दाबी नरहेको बताईन् ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस