२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

भारतका विद्युतमन्त्री मंंगलबार नेपाल आउने

७ बैशाख , काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेसँगै उनी मंगलबार बिहान दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युतमन्त्री खट्टरले वैशाख ९ गते दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन र २२०/१३३/३३ केभी वसन्तपुर सवस्टेशनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सवस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस