७ बैशाख, काठमाण्डौँ । काठमाडौं महानगरपालिकाले भोलिदेखि हुने आधारभूत शिक्षा ग्रेडवृद्धि परीक्षा सञ्चालन नरोकिने जनाएको छ । शिक्षकहरूको आन्दोलन कायमै भएपनि परीक्षा नरोकिने महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी गोविन्द प्रसाद शर्माले जानकारी दिए ।
महानगरपालिका आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिको वैशाख ५ गतेको निर्णयानुसार शैक्षिक सत्र २०८१ को आधारभूत शिक्षा परीक्षाको नतिजामा सैद्धान्तिक तर्फ मुल प्रमाणपत्र प्राप्त गर्न योग्य नभएका भएकाकाहरूको परीक्षा यही वैशाख ८ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार नै परीक्षा सञ्चालन हुने महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी शर्माले जानकारी दिए । उनका अनुसार केही शिक्षकहरूले परीक्षा स्थगित गर्न आग्रह गरेका छन् । तर,हालसम्म महानगरपालिकाले यसबारे कुनै निर्णय लिएको छैन ।

