काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार सिंहदरबार क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका व्यक्तिको संख्या सात पुगेको छ।
युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई पनि प्रहरीले नियन्त्रणमा लिएसँगै यो संख्या सात पुगेको हो। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सिंहदरबारभित्रै गरिएको प्रदर्शनमा सहभागी कटवाललाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको हो।
परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार राप्रपा अध्यक्ष लिङ्देनसहित ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाललाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइिएका सबैलाई अहिले जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार

