काठमाडौं । रौतहट, मौलापुर नगरपालिका-६ पथराबुधरामबाट स्रोत नखुलेको १० लाख नेपाली रूपैयाँ सहित भारतका २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त नगद रकम फेला पारेको हो।
प्रहरीले चालक ठाकुरलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार

