२०८३ भाद्र २ गते मङ्गलवार | 2026 August 18th Tuesday

पाथीभरा दुर्घटनाः चार जनाको सनाखत, दुई घाइते काठमाडौं पठाइँदै

www.janaboli.com;

फुङलिङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोकमा पाथीभरा जाँदै गरेको बोलेरो जिपमा करेन्ट लाग्दा मृत्यु भएका चारै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाका ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक दुर्गा भट्टराई छन्।

जिपमा करेन्ट लागेको र आगो लागेपछि दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकी सबिना आचार्य र उनका छोरा भबिमय आचार्यलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको कोशी प्रदेश प्रहरीका एसएसपी भीमबहादुर दाहालले जानकारी दिए।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस