काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर जबरा क्यान्सरको फलोअप उपचारका लागि बुधबार भारतको मुम्बई जाँदैछन्।
गत चैत १५ गते तीनकुनेमा अवान्छित गतिविधिको आरोपमा पक्राउ परेका जबरा आइतबार साँझ हाजिर जमानीमा रिहा भएका थिए।
प्रहरीले बोलाएको समयमा उपस्थित हुने सर्तमा उनलाई उपचार प्रयोजनका लागि रिहा गरिएको हो।
प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार

