२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

फोर्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु, यरिचोक तनावग्रस्त

काठमाडौं । सुर्खेत, वीरेन्द्रनगरको यरिचोकमा फोर्स गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। मृतकका आफन्तले उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

आइतबार बिहान कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले जुम्लाको हिमा गाउँपालिकाका ५५ वर्षीय कालीबहादुर बुढालाई ठक्कर दिएको थियो। उपचारका क्रममा उनको ज्यान गएको हो।

सोमबार मृतक परिवारले यरिचोकमा सडक बन्द गर्दै आक्रोश प्रदर्शन गरेका छन्। आइतबार उनीहरूले सामान्य आन्दोलन गरेका थिए।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस