२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

शिक्षक आन्दोलनमा घुसेर शिक्षकविरुद्ध नै नाराबाजी गर्ने को हुन् ?

काठमाडौं । २० दिनदेखि जारी शिक्षक आन्दोलनमा सोमबार एक फरक दृश्य देखियो। आन्दोलनरत शिक्षकहरू बीच एक अभिभावक नाराबाजी गर्दै प्रवेश गरेपछि स्थिति तनावग्रस्त बन्यो।

ललितपुरको गोदावरीका सनोज महत नामका ती अभिभावकले आफ्नी छोरी सरकारी विद्यालय सरस्वती माध्यमिकमा पढ्न नपाएको गुनासो गर्दै शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गरे।

‘बच्चा पढ्न पाउँदैन भने आन्दोलनको औचित्य के?’ भन्दै उनले आन्दोलनको मोडालिटी परिवर्तन गर्न माग गरे। तर, उनी बोल्न थालेपछि शिक्षकहरू आक्रोशित बने र हातपातसम्म गरे।

नयाँ बानेश्वरको आर्कब्रिज नजिकै प्रहरीको उपस्थितिमा महतलाई भिडबाट बाहिर निकालियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा पुर्‍याएको थियो।

शिक्षकहरूले भने महतलाई आन्दोलन भाड्ने नियतले आएको भन्दै ‘घुसपैठ’ को आरोप लगाएका छन्। महतले भने आफू मात्र नभई भोलिदेखि अन्य अभिभावक पनि सडकमा उत्रिने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस