काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिका–४ मा बोल्न नसक्ने एक नाबालिगमाथि सामूहिक बलात्कार गरिएको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३८ वर्षीय साजन सुब्बा र ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार वैशाख ५ गते दुई आरोपितले नाबालिगलाई डरत्रास देखाई हात बाँधी कराउन नदिई बलात्कार गरेका थिए।
घटनापछि फरार रहेका उनीहरूलाई भोलिपल्ट वैशाख ६ गते फुयतप्पाबाट पक्राउ गरिएको हो।
हाल जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार

