काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रतिनिधि सभामा पेस हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि क्यालेन्डर मस्यौदा तयार पारेका हुन्।
सरकारले जेठ २ गतेदेखि प्रि–बजेट छलफल सुरू गर्ने प्रस्ताव गरेको छ। नीति, बजेट र विधेयकको चापका कारण संसद शनिबार र बिदाबाहेक सबै दिन चलाउने निर्णय पनि गरिएको छ।
प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार

