२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

विद्यालय शिक्षा विधेयक प्रस्तुत गर्न क्यालेन्डर सुरक्षित गरिने

काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक संसद्मा प्रस्तुत गर्न क्यालेन्डर सुरक्षित गरिने बताएका छन्।

बुधबार प्रमुख सचेतकहरूसँगको छलफलमा उनले उपसमितिबाट वैशाख २३ भित्र प्रतिवेदन आउने प्रतिबद्धताअनुसार विधेयकलाई प्राथमिकता दिइने बताए।

नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यानमा राख्दै शिक्षा र निजामती विधेयक यही अधिवेशनमै पारित गर्ने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस