काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) सुरु हुने संसद्को बजेट अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्ने भएका छन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, बैठकको सुरुमै प्रधानमन्त्री ओलीले पछिल्ला समसामयिक विषयमा धारणा राख्ने कार्यतालिका तय गरिएको छ।
भोलिबाट सुरु हुने अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्ने प्रक्रिया अघि बढ्नेछ। प्रधानमन्त्रीको सम्बोधनसँगै बजेट सन्दर्भमा सरकारको प्राथमिकता र दृष्टिकोण प्रष्ट हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार

