२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रधानमन्त्री ओलीले आज संसद बैठकमा सम्बोधन गर्ने

१२ बैशाख, काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले समग्र देशको परिस्थिति र संसदको जिम्मेवारीबारे सरकारको धारणा राख्नेछन्। बर्तौलाका अनुसार आज बस्ने पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ । उनले विद्यालय शिक्षा विधेयकमा सदन पेश हुने बित्तिकै पारित गर्ने विषयमा सहमति भएको जानकारी दिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै लामो समयदेखि शिक्षक आन्दोलनमा रहेका छन् भने कर्मचारीहरुले पनि आन्दोलनको तयारी गरेका छन्। सरकारले बजेट अधिवेशनमा ऐन पारित गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको यस अधिवेशनमा सार्वजनिक बिदाका दिन बाहेक अन्य सबै दिन बैठक सञ्चालन गर्ने कार्यतालिका प्रस्ताव भएको छ। संसदको हिउँदे अधिवेशन गत चैत १८ मा अन्त्य भएको थियो ।

 

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस