२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

मेमोरी किंग विजयी शाहीलाई काठमाडौंमा साढे तीन आना जग्गा उपहार कसले दियो?

आफ्नो असाधारण स्मरण शक्तिका लागि ‘मेमोरी किंग’ भनेर चिनिएका विजयी शाहीलाई काठमाडौंमा साढे तीन आनाको जग्गा उपहार प्राप्त भएको खबरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।

सामाजिक सञ्जालमा यो खबर साझा गर्दै शाहीले लेखेका छन्, ‘मेरो क्षमता देखेर सम्मानस्वरूप जग्गा उपहार दिनु भएकोमा आशिष सरलाई धन्यवाद।’ अर्को एक पोस्टमा उनले लेखेका छन्, ‘मेरो क्षमता पहिचान गरी यस्तो अमूल्य उपहार प्रदान गर्नु भएकोमा आदरणीय आशिष राणा सरप्रति गहिरो धन्यवाद प्रकट गर्न चाहन्छु।’

सामाजिक सञ्जालमा प्राप्त जानकारीअनुसार, यो उपहार काठमाडौंका व्यापारी आशिष राणाले प्रदान गरेका हुन्। उनले विजयीको स्मरण शक्तिबाट प्रभावित भएर यो सम्मान गरेको बताइएको छ। यो समाचारले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ, र धेरैले आशिष राणाको यो उदारताको प्रशंसा गरेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस