२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

‘केपी ओली सरकार बिचौलिया र स्वार्थ समूहले चलाएको पुष्टि भइसक्यो’ : वर्षमान

१२ बैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उमहासचिव वर्षमान पुनले एकपछि अर्को व्यवहारले नै विचौलिया र स्वार्थ समूहले सरकार चलाएको पुष्टि भइसकेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘१० महिनासम्म सरकारले दलाल, विचौलिया र स्वार्थ समूहको संरक्षण र प्रतिपक्षी दलका नेतासँग प्रतिशोध साँध्नेबाहेक केही गरेको छैन’, उनले भने, ‘धितोपत्र बोर्ड र बीमा प्राधिकरणजस्ता नियामक निकायका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्तिमा गरिरहेको चलखेल घामजत्तिकै छर्लङ्ग छ ।’ अहिलेको सरकार विचौलियाले चलाएको कुराबारे जनताको घर(घरमा बहस हुन थालेको पनि उनले बताए ।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस