२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

उपत्यकाका विभिन्न स्थानमा आज आठ घण्टासम्म विद्युत आपूर्ति नहुने

१३ बैशाख, काठमाडौँ । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंको रत्नपार्क वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्न स्थानहरूमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको छ ।

काठमाडौंमा रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर, असन फिडर, महाबौद्ध फिडर, वीर हस्पिटल फिडर, नेपाल विद्युत प्राधिकरण फिडर, कमलादी फिडर, किंग्स वे फिडर, बागबजार फिडर, सिंहदरबार फिडर र नयाँ बजार फिडर अन्तर्गतका स्थानहरूमा पनि शनिबार विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । बबरमहल फिडर अन्तर्गत पर्ने खुल्ला मञ्च सँगै, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा टेलिकम अकासे पुल संगैं, महिलाजेल नजिकै टेलिकम अफिस हुँदै, भन्सार विभाग, रानीपोखरी प्रहरी कार्यालय सम्म बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

ती स्थानमा के २ स्विचिङमा मर्मत गर्नुपर्ने भएकाले फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ । ललितपुरको पुल्चोक वितरण केन्द्रको खोकना फिडर अन्तर्गत पर्ने छम्पी, फर्सिडोल, जोर्खु, टोकलमाथ,खहरे,डुकुछाप,दनुवार बस्ती क्षेत्रमाशनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ । प्राधिकरणले एकान्तकुनास्थित रिङ रोडको पोल स्थानान्तरणका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती ठाउँहरूमा विद्युत अवरूद्ध हुने जनाएको छ ।

असन फिडर अन्तर्गत पर्ने रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडी, मसला गल्लीको मोड सम्मका क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

 

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस