२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

धनुषामा कांग्रेसले जलायो राप्रपा अध्यक्ष लिङदेनको पुत्ला

१३ बैशाख , धनुषा । सत्तारुढ नेपाली कांग्रेसले धनुषाको लक्ष्मीनियाँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला जलाउँदै कडा कारबाहीको माग गरेको छ। नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर–ढल्केबर सडक अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो । सांसद झाले संसदमा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारलाई माग गरेका छन् ।

लिङ्देनले हिजो संसद वैठकमा बोल्दै भाटभटेनी लुटपाटमा सत्तारुढ दल कांग्रेसकै सह–महामन्त्रीको छोरा पनि रहेको तर प्रहरीले तत्काल छाडेको बताएका थिए । यद्यपी लिङदेनले कांग्रेसका एक सहमहामन्त्रीका छोरा भने पनि नाम खुलाएका थिएनन् । केही मिडिया र सामाजिक सञ्जालमा महेन्द्र यादवको छोरा मुकेश यादव भनेर नाम आए पनि उनका मुकेश नामका छोरा छैनन् ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस